बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कपाल फालेर सर्वोच्चमा प्रदर्शन, तस्बिरहरू हेर्नुहोस्
फोटोफिचर

कपाल फालेर सर्वोच्चमा प्रदर्शन, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत भवन परिसर अगाडि प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । 

गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी छिन् । प्रदर्शनमा सहभागी बिनु यादवका अनुसार धेरै पटक न्यायपरिषद्मा कारबाही प्रक्रियाका लागि धाउँदा पनि आफूहरूको कुनै कुरा सुनुवाइ नभएको बताइन् । उनले आफ्ना माग आलटाल गरेका कारण प्रदर्शनमा उत्रनुपरेको जिकिर गरिन् ।

‘हामी धेरै पटक भयो न्यायपरिषद्मा धाएको, तर प्रक्रिया अगाडि बढाइएन । हदम्याद कटेपछि कुनै मुद्दा दर्ता हुँदैन । हामीले न्याय कसरी पाउने ? आत्मदाह नै गर्नुपर्ने हो कि ?,’ यादवले भनिन् । उनले न्यायाधीश नै बिकाऊ भए पछि आफूहरूले जहाँ गए पनि न्याय नपाएको गुनासो गरिन् ।

हेरौँ तस्बिरहरू:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया