विश्वका १० धनी राष्ट्रहरू कुन कुन हुन् ?
विश्वका सबैभन्दा धनी देशबारे यस्तो प्रश्नको जवाफ दिन सहज छैन । सामान्यतया यस बारे अनुमानहरू गरिन्छ, तर तिनीहरू सही हुन आवश्यक छैन । तर यहाँ प्रश्न यो पनि छ कि तपाईं कस्तो खालको समृद्धिको कुुरा गरिरहनुभएको छ ।
हुन त एक देशको सम्पत्ति सामान्यतया यसको कुल गार्हस्थ्य उत्पादन वा जीडीपीद्वारा मूल्याङ्कन गरिन्छ, जुन कुनै निश्चित अवधिमा कुनै देशको वस्तु र सेवाहरूको उत्पादनलाई जोडेर बन्ने गर्छ । कुनै देशको सम्पत्ति दर्साउनका लागि यसलाई एक संकेतको रुपमा हेर्ने गरिन्छ ।
यो अर्थतन्त्र मापन गर्ने त्यस्तो तरिका हो जुन सबैभन्दा चर्चित र सबैभन्दा बढी प्रयोग गरिन्छ । यसमा सरकारले कति कर लिइरहेको छ र शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारले कति खर्च गर्न सक्छ भन्ने पनि थाहा हुन्छ ।
यद्यपि यो मापनमा पनि मानिसहरुले प्रश्न उठाउँदै आएका छन् तर यसैको आधारमा विश्वका १० धनी देशहरुको बारेमा जानकारी पाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र भिजुअल क्यापिटलिस्टको अक्टोबर २०२२ को तथ्याङ्क अनुसार विश्वका दश धनी देशहरूको सूची यस्तो हुनेछ–
संसारका १० धनी देशहरू
१०. इटाली, १.९९ ट्रिलियन अमेरिकी डलर
९. रूस, २.११३ ट्रिलियन अमेरिकी डलर
८. क्यानाडा, २.२ ट्रिलियन अमेरिकी डलर
७. फ्रान्स, २.७७८ ट्रिलियन अमेरिकी डलर
६. ब्रिटेन, ३.१९९ ट्रिलियन अमेरिकी डलर
५. भारत, ३.४६९ ट्रिलियन अमेरिकी डलर
४. जर्मनी, ४.०३१ ट्रिलियन अमेरिकी डलर
३. जापान, ४.३०१ ट्रिलियन अमेरिकी डलर
२. चीन, १८.३२१ ट्रिलियन अमेरिकी डलर
१. अमेरिका, २५.०३५ ट्रिलियन अमेरिकी डलर
यी तथ्याङ्कले हामीलाई के बताउँछ ?
यी देशहरूको अर्थतन्त्रको बारेमा केही जानकारी त उपलब्ध छ, तर सबैकुरा थाहा हुँदैन ।
जीडीपीका केहि आलोचकहरूले जीडीपीमा तेस्रो सबैभन्दा महत्त्वपूर्ण शब्द उत्पादन हो भनेर औंल्याए । यो स्केल सुरु गर्ने अमेरिकी अर्थशास्त्री साइमन कुजनेट्सले पनि यसलाई खासै महत्व दिँदैनथे ।
उनको मनसाय सन् १९३० को दशकमा समग्र अर्थतन्त्रलाई मापन गर्ने तरिका खोज्नु थियो ताकि देशलाई आर्थिक मन्दीबाट कसरी बाहिर निकाल्ने भन्ने बारे केही उपाय खोज्न सकियोस् ।
यो मापन भनेको वास्तवमा उत्पादनशील सम्पत्ति मानिने कुरालाई मापन गर्नको लागि थियो र यो राम्रो जीवनशैलीको मापन थियो । तर चाँडै दोस्रो विश्वयुद्ध सुरु भयो र प्राथमिकताहरू परिवर्तन भए । राम्रो जीवनशैलीको सट्टा जीवन बचाउने चुनौती थियो ।
अत्यधिक प्रभावशाली बेलायती अर्थशास्त्री जोन मेनार्ड केन्सका लागि, यो जान्न आवश्यक थियो कि अर्थव्यवस्थाले के उत्पादन गर्न सक्छ र युद्धको समयमा जनताको खपतका लागि कम्तिमा कति चाहिन्छ, बाँकी भएका उत्पादनबाट युद्धको खर्च निकाल्ने चुनौती थियो ।
अर्थात् अब फरक प्रकारको मूल्याङ्कन आवश्यक थियो र नाप्ने उद्देश्य पनि परिवर्तन भएको थियो । यो पछि पनि रहिरह्यो ।
युद्धपछि अमेरिकाले पुनर्निर्माणका लागि आफूले दिएको सहयोग कसरी प्रयोग भइरहेको छ भनी जान्न चासो राखेको थियो । र यसका लागि उसले फेरि जीडीपीलाई मापन गर्ने तरिका बनाए ।
त्यसपछि यो स्केललाई संयुक्त राष्ट्र संघले पनि स्वीकार गर्यो र यो विश्वव्यापी मापदण्ड बन्यो ।
प्रतिव्यक्ति जीडीपीको आधारमा सबैभन्दा धनी राष्ट्र कुन ?
कुजनेट्स आर्थिक कल्याणको जुन तरिका बनाउन चाहन्थे, त्यो अर्थव्यवस्थामा गतिविधि मापन गर्ने तरिका बन्यो ।
यसमा आधारभूत भिन्नता यो हो कि त्यहाँ धेरै चीजहरू छन् जुन समाजको लागि राम्रो छैन तर अर्थव्यवस्थाको लागि राम्रो छ ।
उदाहरणका लागि, बालबालिकाको जीवन बचाउने वस्तुको उत्पादन अर्थतन्त्रको लागि त्यति नै महत्त्वपूर्ण छ जसरी उनीहरूलाई मार्ने हतियारको उत्पादन । यसबाहेक, यसले गुणस्तर मापन गर्दैन, केवल मात्रा मात्रै मापन गर्छ ।
जब तपार्इं रेल यात्राको लागि टिकटको लागि भुक्तानी गर्नुहुन्छ, यो जीडीपीको गणनामा समावेश हुन्छ । तर त्यहि समयमा, तपाईंले चढ्नु भएको रेल जीर्ण, भीडभाड, खराब सर्भिस, फोहोर छ कि राम्रोसँग मर्मत गरिएको र समयमा पुग्ने खालको बुलेट ट्रेन हो, त्यो फरक पर्दैन ।
अर्कोतर्फ, यसले सम्पत्तिको असमान वितरणको बारेमा केही बोल्दैन । कुनै देशको जीडीपी धेरै उच्च हुन सक्छ, तर त्यहाँ आर्थिक असमानता पनि धेरै हुन सक्छ ।
ध्यान दिनु पर्ने कुरा यो हो कि सूचीमा जीडीपीको प्रति व्यक्ति अनुमानमा धेरै परिवर्तन हुन्छ । प्रतिव्यक्ति जीडीपी त्यो मापन हो जसले देशको राष्ट्रिय आय (एक निश्चित अवधिमा सकल घरेलु उत्पादनमार्फत) र त्यहाँका बासिन्दाहरू बीचको सम्बन्ध देखाउँछ ।
यद्यपि यसले पनि वास्तविकतालाई उजागर गर्दैन, तर विज्ञहरूका अनुसार यसले देशको सामाजिक–आर्थिक अवस्थाको राम्रो जानकारी दिन्छ ।
आइएमएफको हालको मूल्याङ्कन (२०२३) का अनुसार, प्रतिव्यक्ति जीडीपी अनुमानको आधारमा विश्वका दस धनी देशहरू निम्न हुन्–
१. लक्जमबर्ग
२. सिंगापुर
३. आयरल्याण्ड
४. कतार
५. मकाउ
६. स्विट्जरल्याण्ड
७. नर्वे
८. संयुक्त अरब इमिरेट्स
९. ब्रुनाई
१०. अमेरिका
नम्बर १ देश लक्जमबर्ग कति धनी छ ?
लक्जमबर्ग क्षेत्र र जनसंख्याको हिसाबले विश्वको सबैभन्दा सानो देश हो । तर यो दोस्रो वरीयतामा, यो विश्वको सबैभन्दा धनी देश हो ।
वास्तवमा, यो संसारको सबैभन्दा ठूलो बैंकिङ केन्द्र हो, २०० भन्दा बढी बैंकहरू र १,००० भन्दा बढी लगानी कोषहरू यसको पूँजीमा संचालित छन् ।
लक्जेम्बर्ग विश्वमा सबैभन्दा शिक्षित र उच्च दक्ष जनशक्ति प्रदान गर्ने देश हो । यो उद्योगहरूको केन्द्र हो र वित्तीय सेवाहरूमा आधारित आयात–निर्यात अर्थतन्त्रमा धनी छ र साथै बहुराष्ट्रिय कम्पनीहरूको मागहरू पूरा गर्दछ ।
यसमा साना तथा मझौला उद्योग पनि धेरै छन् र साना तर समृद्ध कृषि क्षेत्रले पनि आर्थिक अवस्था सुधार्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
-
झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण