कांग्रेसले महिलालाई सभामुख पदमा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।
यसका लागि १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको उनले रातोपाटीलाई जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको जानकारी दिएका थिए । समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहीन भएर कांग्रेस नबस्ने उनको भनाई थियो ।
प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन