बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : भवन निर्माण कार्य रोक्का गर्न जानकी मेडिकल कलेजलाई निर्देशन

बुधबार, ०४ माघ २०७९, १७ : ५१
बुधबार, ०४ माघ २०७९

जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेजलाई क्षिरेश्वरनाथ नगरपालिकाले कारवाही गर्ने भएको छ । केही दिनअघि रातोपाटी डटकममा ‘मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज’ शीर्षक समाचार छापिएको थियो ।  गत पुस २१ गते समाचार प्रकाशित भएपछि पुस २८ गते नगरपालिकाका मेयर सुखदेव यादवले कलेजलाई यथाशीध्र निर्माण कार्य रोक्न निर्देशन दिएका हुन् । 

नगरपालिकाले कलेजलाई निर्माण गरिरहेको भवनको निर्माण कार्य रोक्का राखी आवश्यक प्रकृया पुरा गरी मात्र निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो । नगरपालिकाले उक्त कलेजलाई  नगरपालिकामा बुझाउनुपर्ने करसमेत नबुझाएको हुँदा सो करसमेत बुझाउँन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप