समाचार प्रभाव : भवन निर्माण कार्य रोक्का गर्न जानकी मेडिकल कलेजलाई निर्देशन
बुधबार, ०४ माघ २०७९, १७ : ५१
जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेजलाई क्षिरेश्वरनाथ नगरपालिकाले कारवाही गर्ने भएको छ । केही दिनअघि रातोपाटी डटकममा ‘मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज’ शीर्षक समाचार छापिएको थियो । गत पुस २१ गते समाचार प्रकाशित भएपछि पुस २८ गते नगरपालिकाका मेयर सुखदेव यादवले कलेजलाई यथाशीध्र निर्माण कार्य रोक्न निर्देशन दिएका हुन् ।
नगरपालिकाले कलेजलाई निर्माण गरिरहेको भवनको निर्माण कार्य रोक्का राखी आवश्यक प्रकृया पुरा गरी मात्र निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो । नगरपालिकाले उक्त कलेजलाई नगरपालिकामा बुझाउनुपर्ने करसमेत नबुझाएको हुँदा सो करसमेत बुझाउँन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण