महेन्द्रराय यादव २ वर्षपछि मन्त्री
काठमाडौँ । नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादव दोस्रो चरणमा (२ वर्षपछि) मात्रै मन्त्री हुन पाउने भएका छन् । सर्लाही २ बाट निर्वाचित यादव माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लिएर निर्वाचित भएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा यादव मन्त्री हुन खोजेका थिए । तर सत्ता सझेदार दललाई समेत मिलाएर जानुपर्ने भएकाले यादवले २ वर्षपछि मात्रै मन्त्री हुन पाउने नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले बताए । ‘हामीले अहिलै मन्त्री बनाउनुपर्छ भनेर दबाब दिएका थियौं’ पाण्डेले भने, ‘अब उहाँ २ वर्षपछि दोस्रो चरणमा मन्त्री बनाउने भद्र सहमति भयो । तत्काल मन्त्री हुन पाउनुभएन ।’ प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नपाएकोमा यादवले चित्त दुखाएका छन् । नेपाल समाजवादी पार्टीबाट २ जनाले प्रतिनिधि सभामा टिकट पाएका थिए । अन्तमा मानुषीयमी भट्टराई पराजित भएपनि यादव भने निर्वाचित भएका हुन् ।
यस्तै प्रदेशसभामा २ जना निर्वाचित भएका छन् । बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेश सभामा फनिन्द्र देवकोटा मात्रै निर्वाचित भएका हुन् । श्रेष्ठ र देवकोटा दुबैलाई मन्त्री बनाउने तयारी गरिएको छ । यद्यपि, उनले कुन मन्त्रालय पाउने भन्ने फिक्स भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण