महेन्द्रराय यादव २ वर्षपछि मन्त्री

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादव दोस्रो चरणमा (२ वर्षपछि) मात्रै मन्त्री हुन पाउने भएका छन् । सर्लाही २ बाट निर्वाचित यादव माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लिएर निर्वाचित भएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा यादव मन्त्री हुन खोजेका थिए । तर सत्ता सझेदार दललाई समेत मिलाएर जानुपर्ने भएकाले यादवले २ वर्षपछि मात्रै मन्त्री हुन पाउने नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले बताए । ‘हामीले अहिलै मन्त्री बनाउनुपर्छ भनेर दबाब दिएका थियौं’ पाण्डेले भने, ‘अब उहाँ २ वर्षपछि दोस्रो चरणमा मन्त्री बनाउने भद्र सहमति भयो । तत्काल मन्त्री हुन पाउनुभएन ।’ प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नपाएकोमा यादवले चित्त दुखाएका छन् । नेपाल समाजवादी पार्टीबाट २ जनाले प्रतिनिधि सभामा टिकट पाएका थिए । अन्तमा मानुषीयमी भट्टराई पराजित भएपनि यादव भने निर्वाचित भएका हुन् ।
यस्तै प्रदेशसभामा २ जना निर्वाचित भएका छन् । बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेश सभामा फनिन्द्र देवकोटा मात्रै निर्वाचित भएका हुन् । श्रेष्ठ र देवकोटा दुबैलाई मन्त्री बनाउने तयारी गरिएको छ । यद्यपि, उनले कुन मन्त्रालय पाउने भन्ने फिक्स भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय