सातामा १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १३ सयले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख ५ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।
यो साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार सामान्य रूपले बढेको मूल्य मंगलबार र बुधबार लगातार घट्दै १ लाख ४ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जुन, हिजो शुक्रबार एकै दिन ७०० रुपैयाँ बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा पुगेको हो । यस्तै, यो साता चाँदीको मूल्य भने घटेको छ । गत साता तोलामा १३ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए