सातामा १३ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १३ सयले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख ५ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।
यो साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार सामान्य रूपले बढेको मूल्य मंगलबार र बुधबार लगातार घट्दै १ लाख ४ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जुन, हिजो शुक्रबार एकै दिन ७०० रुपैयाँ बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा पुगेको हो । यस्तै, यो साता चाँदीको मूल्य भने घटेको छ । गत साता तोलामा १३ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण