पठानप्रति दर्शक र हलवालाको यस्तो क्रेज

मुम्बई । अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदैछ । फिल्म रिलिजको तयारी भइरहँदा अभिनेता शाहरुख खान र उनका फ्यान जति उत्साहित छन्, त्यो भन्दा बढी उत्साह हलवालामा छ ।
भारतका सीमित ठाउँमा मात्र फिल्मको बुकिङ खुलिरहँदा दर्शकले सबै हलमा बुकिङ खोल्न माग गरिरहेका छन् । अधिकांश हलवालाले लामो समयसम्म दर्शकहरु फिल्म हेर्न हलमा नआइरहँदा फिल्म ‘पठान’ले ती दर्शक पुनः हलमा आएर टिकट बुक गर्न थालेको बताएका छन् ।
फिल्म व्यापार विश्लेषक तरण आदर्शले ‘पठान’ प्रति फिल्म उद्योगका सबैजना उत्साहित र आशावादी रहेको बताए । ‘मैले प्रमुख तीन प्रदर्शकसँग कुरा गरेको थिएँ । उनीहरु खुशीले उफ्रिएका छन् । उनीहरु फिल्मलाई २५ जनवरीभन्दा अगाडि नै ल्याउन माग गरिरहेका छन् । एउटा फिल्मको लागि सिंगो उद्योग नै आश्रित हुनु एउटा दुर्लभ उदाहरण नै हो । यसले अगाडिको बाटो देखाउनेछ । पहिलो त्रैमासिकमा धेरै राम्रा फिल्म आउँदैछन् । तर जब पहिलो बलमा चौका मारिन्छ, त्यसको महत्व नै फरक पर्छ’, तरुण भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न