'आर्थिक विकासका लागि आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्नुपर्छ'
रुपन्देही । मुलुकको आर्थिक चलायमान राख्न आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको कार्यक्रममा पर्यटनको विकास नै आर्थिक संवृद्धिको आधार भएको उल्लेख गरेका हुन् ।
उनीहरुले सडक खाना महोत्सवले आन्तरिक पर्यटकका लागि फलदायी भएको भन्दै बुटवलमा रात्रिकालीन बजार जरुरी रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले चौंथो खाना महोत्सव सफल बनाउन सहयोग गर्नेप्रति धन्यवाद दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले बुटवलमा रात्रिकालीन बजार सञ्चालन गर्दा शान्ति सुरक्षाको चुनौती बढेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले व्यवसायी र प्रहरी प्रशासनको सम्बन्ध समन्वयकारी हुनुपर्नेमा जोड दिए ।
त्यस्तै संघका संस्थापक सचिव तथा पर्यटन व्यवसायी माधव नेपालले संसारका हरेक मुलुकहरू आन्तरिक पर्यटन प्रवद्धनबाट चलायमान भएकाले बुटवललाई पनि आन्तरिक पर्यटकको हब बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण