अमेरिकामा गोलीबारीको थप अर्को घटना, एकैदिन तीन ठाउँमा गोली चल्दा ९ को मृत्यु

अमेरिकामा सोमबार भएको तेस्रो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो गोलीबारी आयोवा प्रान्तको डेस मोइनेस शहरको एक युथ आउटरिच सेन्टरमा भएको हो ।
सोमबार नै उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएको गोलीबारीमा सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोली चलेको हो ।
सोमबार जम्मा तीनवटा गोलीबारीका घटनामा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
‘दुई विद्यार्थीको अस्पतालमा मृत्यु भएको छ । तेस्रो व्यक्ति, एक विद्यालय कर्मचारीको अवस्था गम्भीर रहेको छ,’ डेस मोइनेस प्रहरी विभागका प्रवक्ता पाउल पारिजेकले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा भने ।
प्रत्यक्षदर्शीबाट प्राप्त जानकारीको आधारमा, प्रहरीले एउटा कारलाई रोक्यो र अनुसन्धानपछि गोलीबारीमा समावेश तीन सम्भावित संदिग्धलाई हिरासतमा लियो ।
यसअघि हाफ मुन बेमा भएको गोलीकाण्डका सम्बन्धमा सान माटेओ काउन्टी सेरिफको कार्यालयले सात जनाको मृत्यु भएको र एकजना संदिग्धलाई हिरासतमा लिइएको बताएको थियो ।
दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि