अमेरिकामा गोलीबारीको थप अर्को घटना, एकैदिन तीन ठाउँमा गोली चल्दा ९ को मृत्यु
अमेरिकामा सोमबार भएको तेस्रो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो गोलीबारी आयोवा प्रान्तको डेस मोइनेस शहरको एक युथ आउटरिच सेन्टरमा भएको हो ।
सोमबार नै उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएको गोलीबारीमा सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोली चलेको हो ।
सोमबार जम्मा तीनवटा गोलीबारीका घटनामा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
‘दुई विद्यार्थीको अस्पतालमा मृत्यु भएको छ । तेस्रो व्यक्ति, एक विद्यालय कर्मचारीको अवस्था गम्भीर रहेको छ,’ डेस मोइनेस प्रहरी विभागका प्रवक्ता पाउल पारिजेकले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा भने ।
प्रत्यक्षदर्शीबाट प्राप्त जानकारीको आधारमा, प्रहरीले एउटा कारलाई रोक्यो र अनुसन्धानपछि गोलीबारीमा समावेश तीन सम्भावित संदिग्धलाई हिरासतमा लियो ।
यसअघि हाफ मुन बेमा भएको गोलीकाण्डका सम्बन्धमा सान माटेओ काउन्टी सेरिफको कार्यालयले सात जनाको मृत्यु भएको र एकजना संदिग्धलाई हिरासतमा लिइएको बताएको थियो ।
दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण