शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

इरानमा दुई प्रहरीको मृत्यु

मंगलबार, १० माघ २०७९, २२ : ३६
मंगलबार, १० माघ २०७९

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा ‘ठग’ हरूले गरेको आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

मुख्तार मोमेनी र अबुजर ओमिदवार नामका दुई प्रहरी अधिकारीहरू स्थानीय समयअनुसार बिहान करिब २ बजे बमपुर काउन्टीको प्रवेशद्वारमा आफ्ना सहकर्मीहरूसँग गस्ती गरिरहेका बेला आक्रमण भएको प्रान्तका प्रहरी कमाण्डर मोहम्मद कानबारीले बताएका छन् ।

कनबारीका अनुसार आक्रमणपछि ‘ठगहरू” घटनास्थलबाट भागेका थिए । संदिग्ध आक्रमणकारीहरूको खोजी जारी छ । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप