मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अनुसन्धान : पृथ्वीको केन्द्र विपरित दिशामा घुम्न थाल्यो

बुधबार, ११ माघ २०७९, १६ : ५२
बुधबार, ११ माघ २०७९

हामी पृथ्वीको सतहमा बस्छौं र यसको मुनि लगभग ५ हजार किलोमिटर मुनि ‘ग्रहभित्रको ग्रह’ छ । पृथ्वीको यो ठोस भित्री कोर आफैँ स्वतन्त्र रूपमा घुम्न सक्छ किनभने यो तरल धातुहरूले घेरिएको छ ।

यो ठोस् अन्तरिक कोरबारे हामीलाई जे जति थाहा छ त्यो भूकम्पीय तरङ्गको मापनबाट आउँछ । यो तरङ्ग परमाणु विस्फोटबाट पनि उत्पन्न हुनसक्छ र यो ठिक पृथ्वीको केन्द्र भएर यात्रा गर्छ ।

वैज्ञानिकहरूले २३ जनवरीमा पृथ्वीको यस भित्री भाग (इनर कोर) को गतिबारे यो नयाँ अनुसन्धान प्रकाशित गरेका हुन् । नेचर जियोसाइन्स जर्नलमा मंगलबार प्रकाशित यस प्रतिवेदनमा विगत ६ दशकमा बारम्बार आएका भूकम्प र त्यसबाट उत्पन्न हुने भूकम्पीय तरंगको विश्लेषण गरिएको छ ।

अनुसन्धानमा के भेटियो ?

अध्ययनका लेखकहरू चीनको बेइजिङ विश्वविद्यालयका सियाओडोङ सोङ र झी याङ हुन् । उनीहरुले भने, ‘सन् २००९ तिर पृथ्वीको भित्री भागको गति रोकियो र त्यसपछि यो उल्टो दिशामा घुम्न थाल्यो ।’ उनीहरुले एएफपी समाचार एजेन्सीलाई भने, ‘हामी मान्छौँ कि पृथ्वीको कोर घुम्छ, एउटा गोलो झुलाजस्तो अगाडि पछाडि घुम्छ ।’

दुबै वैज्ञानिक भन्छन्, ‘कोरको एउटा पूरा चक्रमा करिब सात दशक लाग्छ ।’ यसको अर्थ यो हो कि यसको दिशा लगभग हरेक ३५ वर्षमा फेरिने गर्छ । उनका अनुसार ठोस् कोरले पहिलो पटक सन् १९७० को दशको सुरुवातमा दिशा फेर्यो र यसको अर्को चक्र सन् २०४० को दशकको मध्यमा सुरु हुनेछ ।

earth core1शोधकर्ताका अनुसार

अनुसन्धानकर्ताहरूका अनुसार यो परिक्रमा पृथ्वीको ‘दिनको लम्बाइ’ सँग सम्बन्धित छ । यो परिवर्तन पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने समयको सानो परिवर्तनको कारण हो ।

तर अन्वेषकले पृथ्वीको सबै तह, भित्री तहदेखि बाहिरी सतहसम्म आपसमा गहिराइसँग जोडिएको विश्वास गर्छन् । रिपोर्टमा भनिएको छ, ‘हामी आशा गर्छौं कि हाम्रो अध्ययनले केही अनुसन्धानकर्ताहरूलाई सम्पूर्ण पृथ्वीलाई एकीकृत र गतिशील प्रणालीको रूपमा मान्ने मोडेलहरू विकास गर्न र परीक्षण गर्न प्रेरित गर्नेछ ।’

अर्कोतर्फ, यस अनुसन्धानमा संलग्न नभएका धेरै विज्ञहरूले यसको निष्कर्षप्रति सतर्क रहँदै अन्य धेरै सिद्धान्तहरूलाई औंल्याए र पृथ्वीको केन्द्रको बारेमा धेरै रहस्यहरू बाँकी रहेको चेतावनी दिए ।

दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका भूगर्भविद् जोन भिडेलले भने, ‘यो उत्कृष्ट वैज्ञानिकहरूले धेरै तथ्याङ्कहरू भएको धेरै सावधानीपूर्वक गरेको अध्ययन हो । तर कुनै पनि मोडेलले मेरो विचारमा सबै डाटालाई राम्रोसँग व्याख्या गर्दैन ।’

विडाले गत वर्ष अनुसन्धान प्रकाशित गरेको थियो जसले भित्री कोर धेरै छिटो हल्लिन्छ र हरेक छ वर्षमा दिशा परिवर्तन गर्छ भनेर सुझाव दिएको थियो । उनको काम सन् १९६० को दशको अन्त्य र सन् १९७० को दशकको सुरुवातमा दुई परमाणु विस्फोटबाट उत्पन्न भूकम्पीय तरङ्गमा आधारित थियो ।

त्यो समय सीमा त्यो बिन्दु आसपास हो जब २३ जनवरीको शोधमा आन्तरिक कोरले अन्तिम पटक दिशा फेरेको जानकारी दिएको थियो । यसलाई विडाले ‘एक प्रकारको संयोग’ जानकारी दिए ।

एक अन्य सिद्धान्त – यसबारे विडाले के भनेका छन् भने यसको समर्थन गर्न केही राम्रा प्रमाण छन् – प्रमाण यो हो कि आन्तरिक कोर सन् २००१ देखि २०१३ बीच महत्वपूर्ण रुपमा सर्यो र त्यसयता रह्यो ।

अनुसन्धानको विषयमा वैज्ञानिकबीच असहमति

अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका भूभौतिकशास्त्री रभोये काल्चिचले पछिल्लो अध्ययनमा प्रस्तावित ७० को सट्टा हरेक २० देखि ३० वर्षमा भित्री कोर चक्रहरू हुने सुझाव दिएका छन् ।

‘यी गणितीय मोडेलहरू गलत हुन सक्ने सम्भावना छ, किनभने उनीहरुले अवलोकन गरिएको डेटाको व्याख्या गर्छन्,’ काल्चिचले भने । उनी भन्छन्, ‘त्यसैले यस खोजलाई लिएर जियोफिजिक्स समुदाय विभाजित हुनेछ र विषय विवादास्पद रहनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप