हात्तीको आक्रमणबाट महिला घाइते
बुधबार, ११ माघ २०७९, २० : ४९

कञ्चनपुर । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् ।
प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने
-
रुपन्देहीमा राप्रपा जिल्ला अध्यक्षद्वारा पार्टीबाट राजीनामा
-
दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
-
डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
-
काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान
-
निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले बनाउने नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्छ : अध्यक्ष अग्रवाल