कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

मकवानपुर । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो ।
१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण