दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । दक्षिण कोरियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि बन्द गरिएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) खुला गर्न माग गरिएको छ । शैक्षिक परामर्श क्षेत्रका संस्थाहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ज्ञापनपत्र बुझाउँदै खोल्न माग गरेका हुन् ।
ईक्यान लगायत महासंघ र महासंघ आबद्ध संघका प्रतिनिधिहरूले शिक्षामन्त्री पन्तलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एनओसी खोल्न अनुरोध गरेका हुन् । शिक्षा मन्त्रालयले कोरियामा पढ्ने नेपाली विद्यार्थीहरू विभिन्न समस्या भोग्दै आएको भन्दै एनओसी जारी रोकेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत कोरियास्थित नेपाली राजदूतावासले कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले विभिन्न खालका समस्या भोग्दै आएको भन्दै एनओसी जारी गर्न दुई महिनाको लागि रोक लगाएको हो ।
महासङ्घले भने गल्ती गर्नेलाई कारबाही गर्नुका साटो एनओसी नै जारी गर्न रोकेको भन्दै आपत्ति जनाएको छ । ईक्यान महासचिव दिपकराज भुसालले जुन कन्सल्टेन्सीका कारण विद्यार्थी समस्यामा परेका हुन त्यो कन्सल्टेन्सीलाई कारबाही गर्नुका साटो एनओसी नै बन्द गरिदिएको बताए ।
जवाफमा मन्त्री पन्तले समस्याका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको र कार्यदलको रिपोर्टका आधारमा निर्णय गरिने बताएका थिए ।गत वर्ष ६ हजार ८८९ जनाले कोरियामा अध्ययन गर्न जानका लागि एनओसी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण