निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले बनाउने नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्ने बताएका छन् ।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय सरकारले बनाउने अप्रत्याशित नीतिका कारण लगानीकर्तामा विश्वास बढ्न नसकेको दाबी गरे । अध्यक्ष अग्रवालले सरकारले बनाउने आर्थिक नीतिहरु प्रतिगामी नभई प्रगतिशिल भए मात्रै लगानीकर्ताको विश्वासको वातावरण बन्न समय नलाग्ने धारणा राखे ।
उनले भने,‘ अप्रत्याशित नीति कारण लगानीकर्तामा विश्वास बढ्न सकेको छैन्। नीतिहरु परिवर्तनशिल हुन्छन्, हुनुपर्छ । तर, ती नीतिहरु प्रगतिशिल हुनुपर्यो, प्रतिगामी होइन । सरकारले प्रगतिशिल नीति लिन्छु भन्ने विश्वास हुनासाथ लगानीकर्तामा विश्वासको वातावरण बन्न समय लाग्दैन् । त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।’
उनले सरकारले आर्थिक सुधार आयोगलाई निजी क्षेत्रलाई समेत समावेश गर्नु सरकारले निजी क्षेत्रलाई गरेको विश्वासको रुपमा लिएको बताए । आर्थिक सुधार आयोगले दिएको सुझावहरुमा केही विषयहरु अझै छुटेको उनको भनाई छ । उनले अर्थतन्त्रको आर्थिक रुपान्तरणका लागि आयोगले दिएका सुझाव सुझावमै सीमित हुने भन्दा पनि कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको वर्तमान आर्थिक अवस्थामा सुधार ल्याई आर्थिक रुपान्तरणका लागि आयोगका सुझाव कार्यान्वयन अति आवश्यक रहेको उल्लेख गरे ।
लगानीकर्तालाई नेपाल सरकारले, नियामक निकायहरुले कतिबेला कस्तो नीति लिन्छन्भन्ने नै स्पष्ट हुन नसकेको भन्दै एक वर्ष एउटा नीतिले सुविधा दिन्छ, अर्को वर्ष मै दिइएको सुविधा हटाउने काम रोक्न आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले सरकारले आज लिएको नीति हेरेर लगानी गर्ने हुँदा एक वर्ष वा छिटो अवधिमै त्यस्ता नीति परिवर्तन गर्न नहुने बताए । उनले निश्चित अवधिसम्म लगानी प्रबद्र्धन गर्ने खालका नीति परिमार्जन हुँदैनन्भन्ने सुनिश्चितता राज्यले दिन सक्नु पर्ने भन्दै लगानीकर्ताले त्यो अपेक्षा गरेको बताए ।
अध्यक्ष अग्रवालले विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्ने गरी बजेट ल्याउनुपर्ने दायित्व वर्तमान सरकारलाई रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण