शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

बिहीबार, १२ माघ २०७९, १६ : १६
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा  भएको छ । 

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मिलेर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेसँगै कारोबार फुकुवा भएको हो । 

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिचको मर्जर प्रक्रियाका क्रममा गत असार १३ देखि सेयर कारोबार रोक्का रहेको थियो । हाल एकीकृत कारोबार सञ्चालन भएको र शेयर सूचीकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया पनि पुरा भएकाले माघ ११ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सुचारु भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप