सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा
बिहीबार, १२ माघ २०७९, १६ : १६
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मिलेर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेसँगै कारोबार फुकुवा भएको हो ।
साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिचको मर्जर प्रक्रियाका क्रममा गत असार १३ देखि सेयर कारोबार रोक्का रहेको थियो । हाल एकीकृत कारोबार सञ्चालन भएको र शेयर सूचीकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया पनि पुरा भएकाले माघ ११ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सुचारु भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण