सकियो रोहितको ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ
मुम्बई । बलिउड निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ सकिएको छ । अभिनेत्री शिल्पा शेट्टीले सिरिजको सुटिङ पूरा भएको जानकारी दिएकी हुन् । अभिनेत्री शिल्पाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा रोहित शेट्टीसँगको एउटा रोचक भिडियो शेयर गर्दै ‘इन्डियन पुलिस फोर्स’ सुटिङ यात्रा निकै सुन्दर र यादगार यात्रा भएको बताएकी छन् । उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि समेत दिएकी छन् ।
तस्बिरमा रोहित र शिल्पा देखिएका छन् । शिल्पाले क्याजुअल जुत्तासँगै कालो पहिरन लगाएकी छन् । ‘इन्डियन पुलिस फोर्स’ शिल्पाको अलवा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र विवेक ओबेरोयको पनि मुख्य भूमिका छ । यो सिरिज प्राइम भिडियोमा रिलिज हुँदैछ । यसको रिलिज मिति अझै घोषणा गरिएको छैन । पहिले सुटिङका क्रममा शिल्पा दुर्घटना परेकी थिइन् । निको भएपछि उनले फेरि सुटिङ सकाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
-
वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
-
इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश
-
फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण