शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो रोहितको ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ

बिहीबार, १२ माघ २०७९, १७ : १६
बिहीबार, १२ माघ २०७९

मुम्बई । बलिउड निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ सकिएको छ । अभिनेत्री शिल्पा शेट्टीले सिरिजको सुटिङ पूरा भएको जानकारी दिएकी हुन् ।  अभिनेत्री शिल्पाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा रोहित शेट्टीसँगको एउटा रोचक भिडियो शेयर गर्दै ‘इन्डियन पुलिस फोर्स’ सुटिङ यात्रा निकै सुन्दर र यादगार यात्रा भएको बताएकी छन् । उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि समेत दिएकी छन् ।

तस्बिरमा रोहित र शिल्पा देखिएका छन् । शिल्पाले क्याजुअल जुत्तासँगै कालो पहिरन लगाएकी छन् । ‘इन्डियन पुलिस फोर्स’ शिल्पाको अलवा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र विवेक ओबेरोयको पनि मुख्य भूमिका छ । यो सिरिज प्राइम भिडियोमा रिलिज हुँदैछ । यसको रिलिज मिति अझै घोषणा गरिएको छैन । पहिले सुटिङका क्रममा शिल्पा दुर्घटना परेकी थिइन् । निको भएपछि उनले फेरि सुटिङ सकाएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप