वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
काठमाडौँ । नेपालको डिजिटल शिक्षा र वित्तीय साक्षरताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुङ्गा पार भएको छ। व्यवसाय, लगानी र अर्थतन्त्रका जटिल विषयलाई सरल भाषामा प्रस्तुत गर्दै आएको युट्युब च्यानल 'आइडियाप्रेन्योर नेपाल'ले ६ लाख सब्सक्राइबरको संख्या पार गरेको छ।
वित्तीय विधामा यो संख्या हासिल गर्ने आइडियाप्रेन्योर नेपाल नै पहिलो नेपाली युट्युब च्यानल बनेको दाबी गरिएको छ।
सन् २०२० देखि सञ्चालनमा आएको यस प्लेटफर्मले विशेषगरी शेयर बजार, व्यक्तिगत वित्त व्यवस्थापन, उद्यमशीलता र देशको आर्थिक मुद्दाहरूलाई सर्वसाधारणले बुझ्ने गरी व्याख्या गर्दै आएको छ। औपचारिक वित्तीय ज्ञान र आम जनताको बुझाइबीच रहेको ठूलो खाडललाई पुर्ने काममा यो च्यानलले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
नेपालका स्थापित मूलधारका सञ्चार माध्यमहरूले डिजिटल क्रिएटर र यस्ता शैक्षिक प्लेटफर्महरूको योगदानलाई खासै प्राथमिकतामा नराखिरहेको अवस्थामा आइडियाप्रेन्योर नेपालले मौन रूपमा ठूलो जनमानसलाई शिक्षित बनाइरहेको छ। कुनै ठूला मिडिया हाउस वा बाह्य प्रचारप्रसार बिना नै विशुद्ध विषयवस्तुको गुणस्तर र जनचाहनाका आधारमा यो सफलता हासिल हुनुलाई नेपाली डिजिटल स्पेसमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यस अभियानको नेतृत्व गरिरहेका छन्, संजोग कोइरालाले। कोइरालाले जटिल आर्थिक शब्दावली र बजारका उतारचढावलाई 'स्टोरीटेलिङ' शैलीमा प्रस्तुत गरेर आम नेपालीसम्म पुर्याएका छन्। विशेषगरी युवापुस्तामाझ लोकप्रिय कोइरालाले पैसा, बजार र आधुनिक अर्थतन्त्रका अवसरहरूलाई साधारण मानिसको पहुँचमा पुर्याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण