धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १ स्थित मोहनपुरमा खुलेको हो । धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गतः सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ । शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि ‘जिसुङ र रामरु ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक एम्.बि. बकेट क्रसरु पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभि निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर को बिक्री वितरण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो
-
स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
-
मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
-
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
-
बालेनलाई प्रचण्डको जवाफ-'चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्ष जान्छ'
-
प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम