अपाङ्गताले रोकेन शङ्करको व्यवसाय
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भए ।
त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्छन् आचार्य । दैनिकरूपमा ७० केजिसम्म मासु बिक्री गर्दै केहीलाई रोजगारी दिएको उनको भनाइ छ । हरेस नखाएर परिवारको खर्च टार्न फ्रेस हाउस सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
सुरूमा ऋणधन गरी कुखुरापालन गरे पनि यसबाट राम्रो कमाई हुने चाल पाएर यो व्यवसाय गरेको आचार्यको भनाइ छ । कृत्रिम खुट्टाको सहायतले तीन पाङ्ग्रे स्कुटर लिएर आवश्यक कामका लागि उनी बजार निस्कन्छन् । भारतको नागाल्याण्डमा जन्मेर आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ८ सम्म पढेका आचार्यसँग दिल्लीमा १३ वर्षसम्म सुरक्षागार्डमा काम गरेको अनुभव छ । “मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, पछि यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो”, ४५ वर्षीय आचार्यले दुखेसो गरे । विगत १२ वर्षदेखि आफ्नै गाउँठाउँमा फ्रेस हाउस सञ्चालन गर्दै आएको उनलाई यो व्यवसायमा लाग्न सुरूआतमा स्थानीय कमल दाहाल तथा मनोज घिमिरेबाट हौसला मिलेको थियो ।
अहिले दुई छोराछोरीको पढाइ र घरपरिवारको खर्च यसैबाट चलेको छ । उनले भने, “आफूसँग लगानी नभएका कारण फ्रेस हाउस विस्तार गर्न सकेको छैन”, व्यवसाय सञ्चालनका लागि स्थानीय बाहेक अहिले सम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको आचार्यको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरूप विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र सुरूआती अवस्थामा सर्तसहितको ऋणको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए ।
सुन्दरहरैँचा नगरपालिकामा दुई दर्जन फ्रेस हाउस सञ्चालनमा छन् । हिम्मतसाथ काम गरेका शङ्कर फरक र उदाहरणीय भएको सुन्दरहरैँचा नगरपालिका–७ का वडाध्यक्ष भुवनसिंह मगरले बताए । शारीरिकरूपमा अशक्त भए पनि हरेस नखाइ समाजमा अघि बढेर कामगरी खानुपर्छ भन्ने सकारात्मक उदाहरण आचार्यले प्रस्तुत गर्न सफल भएको नगरस्तरीय अपाङ्ग समन्वय समिति अध्यक्ष मीना आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण