जानकी मेडिकलको भवनको निर्माण कार्य रोकिएन, नगरपालिकाको निर्देशन अटेरी
जनकपुरधाम । मापदण्ड विपरीत निर्माण भइरहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालले अझै भवन निर्माण कार्य रोकेको छैन ।
नगरपालिकाबाट भवन निर्माण गर्नका लागि नक्सा पास नगरी मापदण्ड विपरीत भवन निर्माण भइरहेको समाचार रातोपाटीमा प्रकाशन भएको थियो ।
सो पछि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले पुस २८ गते मेडिकलको भवन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तर, मेयरको निर्देशनलाई अटेर गरी अझै निर्माण कार्य रहेको हो ।
मेयर सुखदेव यादवले भवनको निर्माण अझै नरोकिएको भन्दै अब प्रहरी लगाएर रोकिने बताए ।
उनले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई काम रोक्न पहल गर्न आग्रह गरेका थिए तर, उक्त कार्यालयबाट थुनुवा फरार भएको घटनाले उनले कार्यान्वयन हुन सकेको छैन । अब जिल्ला प्रहरी कार्यालयलाई नै भनेर उक्त निर्माण कार्य रोक्न लगाउने उनको भनाइ छ ।
मेयर यादवले मेडिकल कलेज समयमै प्रक्रियामा नआए बनिसकेको संरचना पनि बाध्यतावश भत्काउनु पर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण