दैलेखमा हाईस दुर्घटना, ७ जना घाइते
मङ्गलबार, १७ माघ २०७९, १८ : ०४
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।
रामाघाट र पालेतडा बजारको बीच भागमा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थिती शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए । गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण