कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
बुधबार, १८ माघ २०७९, २० : ५७

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो ।
बेलौरी नगरपालिका–५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीलाई पुनर्वास पोलिक्लिनिक अस्पतालमा पुर्याइएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि मायामेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको आज (बुधबार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना