बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

संसद्‌मा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

मङ्गलबार, ३० वैशाख २०८२, १७ : ५७
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको सभामुख देवराज घिमिरे बताए । 

‘यसअघि नै समूह विभाजन भइसकेको र समूह १० ले नियमावलीको नियम ५८ बमोजिम  जेठ २ गते भित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनुहुन समेनत जानकारी गराउन चाहान्छु,’ सभामुख घिमिरेले भने । 

प्रतिनिधिधि सभा नियमावली २०७९  को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप