शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गिलको शतकमा भारतलाई सिरिज

बिहीबार, १९ माघ २०७९, ०७ : ४७
बिहीबार, १९ माघ २०७९

काठमाडौं । सुभमन गिलको शतकमा न्युजिल्यान्डमाथि १६८ रनको सहज जित निकाल्दै भारतले तीन खेलको टी–ट्वान्टी सिरिज २–१ ले जितेको छ । अहमावादमा भारतले दिएको २३५ रनको बलियो लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२ ओभर १ बलमा अलआउट हुँदै मात्र ६६ रन बनायो ।

न्युजिल्यान्डका लागि डेरी मिचेलले ३५ रन बनाउँदा मिचेल स्टेनरले १३ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि कप्तान हार्दीक पाड्याले सर्वाधिक ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिभम माभीले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि गिलले नटआउट १२६ रनको शतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै राहुल त्रिपाठीले ४४ रन बनाउँदा हार्दीकले ३० रन जोडे । न्युजिल्यान्डका लागि मिचेल ब्रेसवेल, बलइर टिक्नेर, इस कोधी र ड्यारी मिचेलले एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप