सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार

गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् ।
सुरुआती वर्षमा रु पाँच सय १७ र पछिल्लो वर्षदेखि दैनिक रु पाँच सय ७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९र८० बाहेक चार वर्षमा एक सय ९३ महिला र चार सय ९९ जना पुरुषले राजगार पाएका छन् ।
रोजगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा रु दुई करोड ७० लाख ५३ हजार एक सय ५० भित्रिएको छ । रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिए ।
सडक निर्माण तथा संस्कृति प्रवद्र्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि पाँच वर्षमा एक हजार पाँच सय ५७ आवेदन परेको छ । आव २०७५/७६ मा एक सय १२, आव २०७६/७७ मा ५६, आव २०७७/७८ मा दुई सय ६१, २०७८/७९ मा दुई सय ६१ र चालु आवको हालसम्ममा एक सय १४ जनाले राजगार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु