एशियामा चीनको प्रभाव रोक्न अमेरिकाले गर्यो सोलोमन टापुमा दूतावास स्थापना

वासिङ्ट । अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनु दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको नवीकरणको प्रतीक भएको बताएका छन् ।
सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।
“आज हामी संयुक्त राज्य अमेरिकाको होनियारा, सोलोमन टापुमा दूतावास खोलेका छौँ, हामीले दूतावास स्थापना गर्ने चाहना घोषणा गरेको एक वर्षभन्दा कम समयमै त्यो पूरा भएको छ । यसबाट हाम्रो सम्बन्ध नविकृत भएको छ, यसले हाम्रो द्विपक्षीय सम्बन्धप्रतिको प्रतिबद्धता झल्काउँछ । सोलोमन टापुका जनता तथा एशिया–प्रशान्त क्षेत्रमा हाम्रो साझेदारी बढाउन सहज हुनेछ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम् साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ ।
जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँको साझेदारी प्रवर्द्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ । (रासस एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन
-
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
-
जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ