शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट जाँदै गरेको बस ट्रकसँग ठोक्कियो, २९ जना घाइते

शुक्रबार, ११ फागुन २०७४, १० : १२
शुक्रबार, ११ फागुन २०७४

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ मा बस र ट्रक जुध्दा २९ जना घाइते भएका छन् ।

हर्कट्टामा भएको सवारी दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ । 

काठमाडौँबाट फर्किँदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउँदै यु पी ३८ एटि ३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो । 

दुर्घटना आज बिहान ७ः३० मा भएकोे सुनवल इलाका प्रहरी कार्यालयले जानायेको छ । 

घाइतेहरु को उपचार लुम्बिनी अञ्चल अस्पताल बुटवल र स्थानीय सामुदायिक अस्पताल भुमहिमा भैरहेको छ । 

दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप