काठमाडौँबाट जाँदै गरेको बस ट्रकसँग ठोक्कियो, २९ जना घाइते
शुक्रबार, ११ फागुन २०७४, १० : १२
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ मा बस र ट्रक जुध्दा २९ जना घाइते भएका छन् ।
हर्कट्टामा भएको सवारी दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँबाट फर्किँदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउँदै यु पी ३८ एटि ३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो ।
दुर्घटना आज बिहान ७ः३० मा भएकोे सुनवल इलाका प्रहरी कार्यालयले जानायेको छ ।
घाइतेहरु को उपचार लुम्बिनी अञ्चल अस्पताल बुटवल र स्थानीय सामुदायिक अस्पताल भुमहिमा भैरहेको छ ।
दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण