‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।
यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।
पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए । लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा