चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग
शनिबार, २१ माघ २०७९, २३ : ५२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटोभन्दा छिटो उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको हो ।
‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ ।’ उपनिर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने कुरा पनि बैठकमा भएको उनको भनाइ छ ।
सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण