शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरान : खामेनीले १०,००० भन्दा बढी कैदीहरूलाई दिए ‘सशर्त’ आममाफी

सोमबार, २३ माघ २०७९, १२ : २५
सोमबार, २३ माघ २०७९

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् ।

इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनअघि लिइएको हो ।

करिब पाँच महिनाअघि २२ वर्षीय महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृङ्खला सुरु भयो ।

हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् । यी मानिसहरू देशको मोरालिटी प्रहरीको कठोरता र मनोमानीपनको विरोध गरिरहेका छन् ।

त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौँलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनलाई विदेशी समर्थनले हुने ‘दङ्गा’ भनेका छन् ।

हालसम्म ५०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार सङ्गठनहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप