शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरिया : 'विनाश पछि महामारीको जोखिम’

बुधबार, २५ माघ २०७९, १५ : २९
बुधबार, २५ माघ २०७९

सिरियामा उद्धारका लागि गएको एक समूहका सदस्यको भग्नावशेषमा दबिएर मृत्यु भएको छ । डक्टर्स विदाउट बोर्डर्सकी कार्यकारी निर्देशक नतालिया रोबर्ट्सले सिरियामा आफ्नो टोली रहेको र दुर्भाग्यवश उनका एक सहकर्मीको पनि भग्नावशेषमा मृत्यु भएको बताएकी छन् ।

उनले भनिन्, ‘यो विनाशमाथि विनाश हो । टर्कीको भूकम्प ग्रस्त क्षेत्रहरूमा लाखौँ सिरियाली शरणार्थीहरू प्रायः बलियो घरहरूमा बस्दैनन्,’ ।

‘लामो समयसम्म भग्नावशेषमुनि दबिएका र घाइतेहरूको मिर्गौला फेल हुने खतरा हुन्छ, र आउँदो दिनमा केसहरू बढ्न सक्छ,’ रोबर्ट्सले भनिन् ।

नतालिया रोबर्ट्स कठ्याङ्ग्रिँदो चिसो पनि समस्या हो किनभने मानिसहरू आफ्नो घर फर्कन डराइरहेका छन् ।

रोबर्ट्सले उनीहरूका लागि सुरक्षित बसोबासको प्रबन्ध गर्न आवश्यक रहेको बताउँदै यसो गर्न नसके महामारी फैलिने खतरा रहेको बताइन् । उनले भूकम्पको प्रभाव उत्तरी सिरियामा केही महिनासम्म रहने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप