शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा

बिहीबार, २६ माघ २०७९, १७ : २७
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आएको छ । सुख्खा बन्दरगाहको आयात÷निर्यात क्षेत्र गत वर्षको चैतदेखि नै सञ्चालनमा आएको भएतापनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । जुन, यही सातादेखि सञ्चालनमा आउने भएको हो ।

बन्दरगाह २०७८ साल चैत २२ गतेदेखि सञ्चालनमा आएको थियो । माघ २५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकलगत्तै नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको बैठकबाट आन्तरिक टर्मिनल सञ्चालनको लागि दररेट स्वीकृत गरेको कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । टर्मिनल सञ्चालनको लागि तयारी अवस्थामा रहेकोले सम्बन्धित सरोकारवाला निकायहरुमा पत्राचार गरी १÷२ दिन भित्रै समितिबाट उक्त टर्मिनल सञ्चालन सुरु हुने गजुरेलले बताए । व्यापार सहजिकरणको लागि नेपाल सरकारद्वारा निर्माण गरिएको सुख्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा पर्किङ्ग क्षमता, ५४÷२४ वर्ग मिटर क्षमताको गोदामघर १ वटा, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड÷अनलोड सेड, चालक तथा कामदारहरुको लागि सौचालय आदिको व्यवस्था छ ।

२०७५ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीज्यूबाट शिलान्यास भई बन्दरगाहको निर्माण सुरु भएको थियो । उक्त टर्मिनल प्रयोगको लागि प्रवेश शुल्क निशुल्क गर्ने योजना इन्टरमोडलको छ । यस्तै, न्यूनतम शुल्कमा सवारी साधनहरुको पार्किङ्ग, माल सामानको लोडिङ्ग÷अनलोडिङ्ग, सामान राख्ने गोदामघर, लगायतका सुविधाहरु उपलब्ध हुने समेत बताइएको छ ।

सोही कारण, टर्मिनल सञ्चालनमा आएपछि हाल उपत्यकामा भैरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङ्गबाट हुने दुर्घटना लगायतको जोखिम न्यूनीकरण हुने गजुरेल बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप