शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता साझेदारीलाई अझ बलियो बनाउने पक्षमा एमाले

बिहीबार, २६ माघ २०७९, २१ : ४१
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेकपा एमालेले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । 
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । 

बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ ।

बिहीबार नै एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपनि प्रदेश सरकार ढलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप