शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच भेटवार्ता

आइतबार, २९ माघ २०७९, १९ : २७
आइतबार, २९ माघ २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ ।

मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन् ।  

एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ । 

सरकार गठनमा साथ दिएको नागरिक उन्मुक्तिले एक महिनामै साथ छाडेपछि एमालेका राजेन्द्रसिंह रावल पुस २६ मा विश्वासको मत प्राप्त गर्न नसकेर पद मुक्त भएका थिए । 

मुख्यमन्त्री शाहले  पनि फागुन २५ गतेसम्म विश्वासको मत लिसक्नुपर्ने छ । विश्वासको मतका लागि  मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन् । 

चौधरीसँग सामान्य भेटघाट भएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने मुख्यमन्त्री शाहको विश्वास छ  । 

यसैबीच शनिबार मुख्यमन्त्री शाहले जानकी गाउँपालिकास्थित नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए । शनिबार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेबी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप