गुरगी सिँचाइ योजनाको लागि किसानहरूले सुरु गरे हस्ताक्षर अभियान
धनगढी । लामो समयदेखि गुरगी सिँचाइ योजना निर्माणको माग गर्दै सङ्घर्ष गर्दै आएका कैलालीको कैलारीका किसानहरू विशाल हस्ताक्षर अभियान सुरु गरेका छन् । योजना निर्माणको लागि १२ करोड बजेट विनियोजन भए पनि निर्माणमा बेवास्ता गरिएपछि कैलारी गाउँपालिकाका किसानहरू सङ्घर्षमा उत्रिएका हुन् ।
चैत्र गते मात्रै योजना कार्यान्वयनको लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय धर्ना दिएका किसानले शनिबारदेखि हस्ताक्षर अभियान सुरु गरेका छन् । योजना कार्यान्वयनको लागि गाउँ–गाउँमा हस्ताक्षर सङ्कलन गरेर प्रदेश सरकारलाई बुझाउने र त्यतिले पनि कार्यान्वयनको प्रक्रिया अगाडि नबढाए कडा सङ्घर्षको कार्यक्रम गर्ने सङ्घर्ष समितिका संयोजक कमल प्रसाद चौधरीले बताए ।
यसैबिच किसानहरूले एसएमएस अभियानमा थालेका छन् । बजेट हुँदा हुँदै पनि गुरगी योजना किन बनेन भनेर किसानहरूले सुदूरपश्चिमका सांसद, मन्त्री, मुख्यमन्त्रीसहित नेताहरुलाई एसएमएस पठाउने अभियान सञ्चालन गरेका हुन् ।
कैलारी गाउँपालिका २ कुकुरभुक्कास्थित कटैनी नदीमा बहुवर्षीय योजनाको रूपमा लिइएको गुरगी सिँचाइ योजनाको लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १२ करोड बजेट विनियोजन गरिएको हो । गत आर्थिक वर्षमा पनि ६ करोड बजेट विनियोजन गरिएको थियो । तर कार्यान्वयनमा नगएपछि स्थानीय किसानहरू आन्दोलित भएका हुन् । उनीहरुले योजना कार्यान्वयन तत्काल हुनुपर्ने भन्दै सङ्घर्ष थालेका हुन् ।
चैत्र १२ गते किसानहरूले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई योजना कार्यान्वयनको लागि ७ दिने अल्टिमेटमसहित माग पत्र बुझाएका थिए ।
_eLV564s5U7.jpg)
_dlTK4Hp9ST.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण