बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछाने चिन्दिनँ भनेपछि ट्रोल बनिन् एलिना चौहान

सोमबार, ०१ फागुन २०७९, १२ : ३२
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । चर्चित गायिका एलिना चौहान यतिबेला फेरि चर्चामा छाएकी छन् । अहिलेको चर्चाको विषय कुनै गीत संगीत नभएर एक अन्तर्वार्ता भएको छ । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि  कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।

मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् । कतिपयले उनले उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गरिरहेका छन् । कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनिरहेकी छन् ।

कार्यक्रममा चौहानले अभिनेता अनमोल केसीलाई ह्याण्डसम हिरो र साम्राज्ञी राज्य लक्ष्मीलाई राम्री हिरोइनको रूपमा समेत चर्चा गरिन् ।  कार्यक्रममा सुवेदीले कलाकारिता, राजनीतिक र खेलकुद क्षेत्रका केही व्यक्तिहरूको तस्बिर समेत चिन्न लगाएका थिए । जसमा उनले धेरैलाई चिनेकी थिइन् ।  एलिना पछिल्लो समय गीत ‘धोकेबाज’ को कारणले चर्चामा छिन् । उनको गीत धोकेबाज गएर युवायुवती मरिहते गरेको भिडियोहरू सामाजिक सञ्जाल टिकटक लगायत प्लेटफर्ममा भाइरल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप