यातायात व्यवसायी र यातायात मजदुरबीच आरोप–प्रत्यारोप
मङ्गलबार, ०२ फागुन २०७९, ०९ : ५५

काठमाडौँ । सरकारसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा यातायात मजदुर सङ्गठन र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच आपसमा आरोप–प्रत्यारोप चलेको छ ।
अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले ल्होत्से मलको गुन्डागर्दी विरुद्धको आन्दोलन गरिएको बताएपछि यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले हिजोको आन्दोलनको जिम्मा मजदुरले लिनु पर्ने बताएका थिए । त्यसपछि मजदुर र व्यवसायीबीच आरोप प्रत्यारोप चलेको थियो ।
महासङ्घले मजदुरले गरेको आन्दोलनका कारण सडकमा आतङ्क सृजना भएको आरोप लगाएको थियो । मजदुरहरूले भने व्यवसायीले मजदुरको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका थिए ।
व्यवसायी र सरकारबीच यति वेला वार्ता जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती
-
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी