यातायात व्यवसायी र यातायात मजदुरबीच आरोप–प्रत्यारोप
मङ्गलबार, ०२ फागुन २०७९, ०९ : ५५
काठमाडौँ । सरकारसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा यातायात मजदुर सङ्गठन र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच आपसमा आरोप–प्रत्यारोप चलेको छ ।
अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले ल्होत्से मलको गुन्डागर्दी विरुद्धको आन्दोलन गरिएको बताएपछि यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले हिजोको आन्दोलनको जिम्मा मजदुरले लिनु पर्ने बताएका थिए । त्यसपछि मजदुर र व्यवसायीबीच आरोप प्रत्यारोप चलेको थियो ।
महासङ्घले मजदुरले गरेको आन्दोलनका कारण सडकमा आतङ्क सृजना भएको आरोप लगाएको थियो । मजदुरहरूले भने व्यवसायीले मजदुरको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका थिए ।
व्यवसायी र सरकारबीच यति वेला वार्ता जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण