शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : मिसिगन युनिभर्सिटीमा गोलीबारी, तीन जनाको मृत्यु

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ३८
मङ्गलबार, ०२ फागुन २०७९

अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीमा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा थुप्रै घाइते भएको पनि खबर छ ।

मिसिगन युनिभर्सिटीको क्याम्पस प्रहरीले केहीको अवस्था गम्भीर भएको र घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ । हमलाकर्ताको खोजी जारी छ ।

मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले ट्विट गर्दै भन्यो, ‘संदिग्ध एक अश्वेत व्यक्ति हुन् जसले रातो रङको जुत्ता लगाएका छन् र डेनिम ज्याकेट लगाएका छन् । संदिग्धले टोपी पनि लगाएका छन् ।’

मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले संदिग्ध हमलाकर्ताको तस्बिर जारी गरेको छ ।

मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले भनेको छ, ‘अर्को ४८ घण्टाका लागि क्याम्पसमा हरेक खालका गतिविधिमाथि रोक लगाइएको छ । प्रहरी घटनास्थलमा सक्रिय छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप