अमेरिका : मिसिगन युनिभर्सिटीमा गोलीबारी, तीन जनाको मृत्यु
अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीमा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा थुप्रै घाइते भएको पनि खबर छ ।
मिसिगन युनिभर्सिटीको क्याम्पस प्रहरीले केहीको अवस्था गम्भीर भएको र घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ । हमलाकर्ताको खोजी जारी छ ।
मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले ट्विट गर्दै भन्यो, ‘संदिग्ध एक अश्वेत व्यक्ति हुन् जसले रातो रङको जुत्ता लगाएका छन् र डेनिम ज्याकेट लगाएका छन् । संदिग्धले टोपी पनि लगाएका छन् ।’
मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले संदिग्ध हमलाकर्ताको तस्बिर जारी गरेको छ ।
SUSPECT PHOTOS: The suspect is a Black male, shorter in stature, red shoes, jean jacket, wearing a baseball cap that is navy with a lighter brim. pic.twitter.com/9blppnX5U3
— MSU Police and Public Safety (@msupolice) February 14, 2023
मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले भनेको छ, ‘अर्को ४८ घण्टाका लागि क्याम्पसमा हरेक खालका गतिविधिमाथि रोक लगाइएको छ । प्रहरी घटनास्थलमा सक्रिय छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण