सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विषयगत शिक्षकको माग गर्दै माध्यमिक विद्यालय बलिरामपुरमा तालाबन्दी

बुधबार, ०३ फागुन २०७९, १९ : ०७
बुधबार, ०३ फागुन २०७९

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बलिरामपुरमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । बुधबार कक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालयमा पटकपटक विषयगत शिक्षकको माग गर्दा मेयर अजय प्रकाश जैसवाल र  वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बेवास्ता गरेकाले विद्यालयमा तालाबन्दी गर्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रवि किसलले बताए । विद्यालयमा शिक्षकको दरबन्दी पुरा गर्न माग गर्दा अध्यक्षले एक हप्तामा विषयगत शिक्षक ल्याउने बताए पनि नल्याएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विद्यालयमा एकजना पनि विषयगत शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्यसँग खेलबाड भइरहेको अभिभावकहरूको गुनासो छ । विद्यालयमा कक्षा १० मा ३० र ९ कक्षामा ५० जना विद्यार्थीहरू रहेका छन् । विद्यालयमा ९ जना शिक्षक रहेका छन् । तर सामाजिक अध्ययन, जनसंख्या, कम्प्युटर विषय पढाउने शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप