शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको दाबी भुक्तानी

बुधबार, ०३ फागुन २०७९, २२ : ५५
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ ।  नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ ठेगाना भएकी बिमित संगिता शाहीको माग १ गते यती एयरलाइन्सको  जहाज दुर्घंटनामा मृत्यु भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्रीलाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
जीवनकालमा शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन सहारा बिमा गराएकी थिइन् ।  सबै जोडेर रु.१,०१,००,००० इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जनाएको छ । 
हालसम्म सो कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप