विमान दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको दाबी भुक्तानी
काठमाडौँ । नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ ठेगाना भएकी बिमित संगिता शाहीको माग १ गते यती एयरलाइन्सको जहाज दुर्घंटनामा मृत्यु भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्रीलाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीवनकालमा शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन सहारा बिमा गराएकी थिइन् । सबै जोडेर रु.१,०१,००,००० इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म सो कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण