शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यो सरकारले नमुना प्रदेश बनाउन भूमिका खेलोस् : पूर्व मुख्यमन्त्री पोखरेल

बिहीबार, ०४ फागुन २०७९, १७ : ५७
बिहीबार, ०४ फागुन २०७९

पोखरा ।  कांग्रेस नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यो प्रदेश सरकारले संघीयतालाई मजबुत र औचित्य पुष्टि गर्ने अवसर रहेको बताएका छन् । प्रदेश सरकार स्थापना भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यो सरकारलाई संघीयताको औचित्य पुष्टि गर्न अवसर र चुनौती दुवै रहेको बताए ।

‘यो पाँच वर्षका समयमा आइपुग्दा संघीयताको जग हाल्ने काम भएको छ । वास्तवमा यो खुसीको कुरा हो । लोकतन्त्रसँगै आएको संघीयताले अहिले सबैले विश्वास नगरेपनि यसको सन्देश बाहिर राम्रा ÷नराम्रा दुवै गएका छन्,’ उनले भने, ‘जनताको जो आकांक्षा र आलोचना छ यसलाई सम्बोधन गर्दै आगामी पाँच वर्षमा धेरै गर्नुपर्छ । जनताका जीवन स्थरमा धेरै सुधार गर्न आवश्यक छ । चुनौतीलाई अवसरमा बदल्दै कार्यकाल सफल होस् ।’

पोखरेलले प्रदेशलाई संघले अधिकार नदिँदा पनि प्रदेश संरचना आलोचित बनेको बताए । उनले विगतको पाँच वर्षमा सुरुवात भएको कार्यक्रम संघीयतालाई मजबुत बनाउन केन्द्रले अधिकार दिनुपर्ने भनाइ राखे ।  ‘संघीयतालाई कार्यान्वयन गर्ने हो भने संविधानले दिएका अधिकारहरु प्रदेशलाई निर्बाध रुपमा प्रयोग गर्न दिनुपर्छ,’ पोखरेलले भने,  ‘विगतमा भएका राम्रा कामलाई यो सरकारले पनि त्यो परम्परालाई पनि निरन्तरता कायम राखोस् । प्रदेशलाई सहकार्य, समन्वय र सहअस्तित्व गर्दै गण्डकीलाई नमुना प्रदेश यो नेतृत्वले भूमिका खेलोस् ।’ पोखरेलले यो अवधिमा प्रदेश संरचनाको एउटा आधार स्तम्भ तयार भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप