संघीय शिक्षा ऐन अहिलेको संसद्को प्राथमिकतामा छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संघीय शिक्षा ऐन संसद्को प्राथमिकतामा रहेको बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको संघीय शिक्षाका नीतिगत सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले पहिलो संसद् संघीय शिक्षा ऐन ल्याउनमा चुकेको बताए । अहिले राजनीतिक गतिविधि अन्यत्र मोडिएको भन्दै यसको समस्या समाधान भएपछि संसद्को प्राथमिकता संघीय शिक्षा ऐन हुने बताए ।
‘पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं । त्यो बेला हामी ल्याउनुपर्छ/गर्नुपर्छ भनेर मात्र बोल्यौ । यो पटक हाम्रा कार्यशैली परिवर्तन गरेर काम गर्नतिर लागेका छौं । संसदको प्राथमिकतामा संघीय शिक्षा ऐन हुन्छ’ उनने भने । संघीय शिक्षा ऐन अहिले छलफलका लागि मन्त्रिपरिषद् कार्यालयको विधेयक व्यवस्थापन समितिमा छ । शिक्षा मन्त्रालयपछि अर्थ र कानून मन्त्रालयमा लामो समय थन्किएको थियो । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको जोडबलमा मन्त्रिपरिषद्मा पेस गरिएको थियो । उक्त मस्यौंदामा केही अस्पष्टता तथा थपघट गर्नुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकले विधेयक व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको थियो । जुन अहिले पनि त्यही छ ।
राजनीतिक दलबीच आपसी सहमति नमिल्दा संघीय शिक्षा ऐन अझै आउने सकेको छैन् । सरकारले उक्त ऐनको मस्यौदा गोप्य राखेको छ । ऐनको मस्यौदामा के कस्तो व्यस्था गरिएको भन्ने कुरा आफुहरूले समेत थाहा नपाएको थापाको भनाई छ । ऐनको मस्यौदा संसद्मा पेश गर्ने दायित्व सरकारको भएको भन्दै सरकारको ढिलाई कारण संसद्ले ऐनमाथि छलफल गर्न नपाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण