पशुपति दर्शनमा सकस
काठमाडौं । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ।
भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसाले नांगो खुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो।
सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्ने लाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण