एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्छ : अध्यक्ष ओली
आइतबार, ०७ फागुन २०७९, १४ : ४५
विराटनगर । नेकपा एमालेले १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् ।
एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण