बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बालबालिका यस्ता लक्षण देखिए हुन सक्छ क्यान्सर

आइतबार, ०७ फागुन २०७९, १६ : २२
आइतबार, ०७ फागुन २०७९

 काठमाडौँ ।  बालबालिकाको विभिन्न अङ्गहरूमा क्यान्सर लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । बालबालिकामा लाग्ने क्यान्सर समयमै पहिचान र उपचार गर्न सके निको पनि हुन्छ । विशेषत बालबालिकामा रक्त क्यान्सर, ल्युकेमिया, मस्तिस्को क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमरलगायत देखिन सक्छ ।

बालबालिकामा हुने यस्ता क्यान्सर नियन्त्रणको एक मात्र उपाय भनेको लक्षण देखिने बित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्नु भएको चिकित्सकहरू बताउँछन् । समयमै पत्ता लगाएमा गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिका हुने क्यान्सरका देखिने सक्ने लक्षणहरू यस्ता छन् ।

–रगतको कमी भई छाला फुस्रो देखिनु

–असाधारण रूपमा तौल घट्नु

–लामो समयसम्म खोकी निको नहुनु

– आँखाको नानी सेतो हुनु, आँखा डेडो हुनु,दृष्टि गुम्नु

– पेट असामान्य रूपमा फुल्नु

–विषेशगरी बिहान अत्यधिक टाउको दुख्नु,बान्ता हुनु

–हड्डी दुख्नु, शरीरको विभिन्न भागमा चोट नलागी सुन्निनु वा निलो ठाम हुनु

–चाँडो गल्न, थकित हुनु र झोक्राउनु

–चक्कर लाग्नु शरीरमा सन्तुलनमा राख्न नसक्नु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप