गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ । पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो । जजिराको उडान पुनस् शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ ।
उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।
जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण