मुटुमा पुग्न मुटुकै भाषा
काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन्, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।”
यो भाषा र संस्कृतिको कुरा हो, जसको कुनै सिमाना हुँदैन । विश्वमा बोलिँदै आएका सात हजार भाषा छन् । नेपालमा मात्र १३१ भाषा बोल्छिन् । स्थानीय भाषा र संस्कृति त्यो मुलुकको अमूर्त सम्पत्ति हो, जुन अहरणीय हुन्छ । मातृभाषाको संरक्षण गर्नका लागि मङ्गलबार ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइएको छ ।
यस पटक नेपालमा शाब्दिक प्रवचनभन्दा पनि रङ्गीबिरङ्गी चित्रले मातृभाषा बोले । नेपालको भाषिक–सांस्कृतिक विविधताजस्तै कलाकारका कुचीले अनेक रङमा क्यानभास रङ्गाए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले नेवार समुदायको रञ्जना लिपियुक्त चित्रमा आफ्नो कुची चलाए । उनले एक्रेलिक रङसँगै कागज, कपडा, काठको धुलो, टाँसिने गमजस्ता अरू भौतिक पदार्थको संयोजन मिहिन ढङ्गले गरे। उनले भने, “भाषा भनेको हाम्रो मुटु हो, मुटुमा पुग्न मुटुकै भाषा बोल्नुपर्छ । लिपि त सेतो कागजमा कालो मसीले कोरिन्छ ।”
उनका चित्रले भने लिपिसँगै त्यसको संरक्षणको कलात्मक भाष्य बोल्यो । प्रभाववादबाट उत्प्रेरित उनको कलाले नेवार समुदायको मातृभाषाको प्रभावसँगै नेपाली स्थानीयपनको मौलिकता छ¥यो । नेपालमा मातृभाषाको प्रयोग लोप हुँदै जाँदा विदेशी भाषाको पहुँचले नेपाली भाषासमेत ओझेलमा पर्न गएको गुनासो उनको छ ।
उनीभन्दा फरक धारमा नेपाल–बङ्लादेशको सम्बन्ध बोल्ने कला श्यामसुन्दर यादवले क्यानभासमा उतार्दै उनले भने “सेतो हिमालको पानीबाट छल्कँदै उठेको एउटा माछोभित्र नेपाली आत्मा छ, जसले मित्रराष्ट्र बङ्गलादेशलाई हेर्दै छ ।” मिथिला शैलीमा बनेको उनको कलाले नेपालको तराईमा बोलिने मातृभाषाको प्रतिनिधित्व ग-यो । जल रङमार्फत रङ भर्न खप्पिस चित्रकार एनबी गुरुङले नेपाली थातथलोको भाषिक कथा चित्रमार्फत प्रकट गरे ।
कलाकार उत्तम नेपाली र ज्योतिप्रकाश विकले हिमाली र पहाडी मातृभाषाको प्रतिनिधित्व गर्दै क्यानभास सजाए । उनीहरूजस्तै अग्रज कलाकार तथा पूर्वकुलपति विजय थापासहितका ४० भन्दा बढी कलाकारले मातृभाषाको रङ क्यानभासमा पोख्दा कलास्थल रमणीय देखियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण