बाल क्लबको सक्रियताले घट्दै बालविवाह
सुर्खेत । जाजरकोट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लबहरूको सक्रियता भारी मात्रामा बढेको छ । पालिका भित्रका सबै वडाहरूमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ । विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरू सक्रिय रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिइन् ।
बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ । बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरूले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लब कुशे ४ का अध्यक्ष रवीन्द्र आचार्यले बताए ।
बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बाल अधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बाल अधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको प्रहरीले बताएको छ । प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लबको सक्रिय सहभागिता रहँदै आएको छ । कुशेमा ५२ वटा बाल क्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको पहाडी क्षेत्र विकास अभियान बाल संरक्षण, बाल अधिकार शासन परियोजना संयोजक जीतेन्द्रबहादुर बुढाले बताए ।
एक वर्षभित्र कुशेमा बाल क्लबको सक्रियताका विभिन्न निकायको सहयोगमा कुशे १ नम्बर ५ वटा बालविवाह रोकिएका छन् । त्यस्तै वडा नम्बर २ मा ३ वटा, वडा ३ मा १ वटा , वडा नम्बर ४ मा २ वटा , वडा नम्बर ५ मा १ वटा बालविवाह रोकिएको बुढाले बताए । त्यस्तै वडा नम्बर ६ मा १ , वडा नम्बर ७ मा ३ वटा , वडा नम्बर ८ मा ५ र वडा नम्बर ९ मा १० वटा बालविवाह रोकिएको उनले बताए ।
बुढाका अनुसार बाल क्लबकै सक्रियतामा गाउँपालिका भरी बालश्रम गर्न बाध्य पारिएका बालबालिकालाई श्रमबाट छुटकारा समेत गराएको छ । वडा नम्बर २ मा ३ वटा , वडा नम्बर ३ मा वटा , वडा नम्बर ७ मा ५ वटा , वडा नम्बर ८ मा ४ वटा र वडा नम्बर ९ मा २ वटा बालश्रमका घटनाहरू सार्वजनिक भए लगत्तै समस्या समाधान गरिएको गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष दाना सिंहले जानकारी दिइन् ।
बालविवाह गरेर बाल क्लबको सक्रियमा उक्त बिहे रद्द गरिएकामध्ये ९६।१५ प्रतिशत विद्यालयमा नियमित आउनेदेखि दैनिक शैक्षिक क्रियाकलापमा सहभागी भएको सञ्जालका अध्यक्ष सिंहले बताइन् । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा कुशे गाउँपालिकाका(२ वटा वडाहरूमा बालमैत्री वडा घोषणा गरिएको छ ।
पालिकाको वडा नम्बर १ र ९ लाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ एवं घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सूचक पूरा गरी उक्त घोषणा गरिएको हो । त्यस्तै गाउँपालिकाले वडा नम्बर ५ र ४ लाई २०८० भित्र घोषणा गर्ने लक्ष्य राखिएको रमेश खड्का मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रुकुम मैकोट’ले नेपाली संस्कृति विश्वमा चिनायो – राई
-
‘गर या मर’ को खेलमा पोखराद्वारा काठमाडौँसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत
-
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण
-
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु
-
काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो, कहाँको कति ?
-
दुई दार्शनिकको अस्तित्ववादी प्रेमकथा