बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !

बुधबार, २४ वैशाख २०८२, १२ : ११
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो पछिल्लो खेल चेन्नई सुपर किङ्ससँग खेलेको थियो । उक्त खेलमा बेंगलुरुले जारी प्रतियोगिताकै सबैभन्दा कमजोर टोली चेन्नईमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

त्यो खेलमा विराट कोहलीले बेंगलुरुको जितमा ६२ रनको योगदान गरेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३३ बलमा पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए । 

त्यो खेलपछि भारतको कर्नाटकमा विराट कोहलीका केही समर्थकले अचम्मको व्यवहार देखाएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । बेंगलुरुले खेल जितेपछि तीनजना समर्थकले विराट कोहलीको ठुलो पोष्टरको अगाडि एउटा बोकाको बली दिएका थिए ।

ती समर्थकले विराटको पोष्टरअघि बोकाको बली दिएको भिभिडो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि पशु अधिकारकर्मीहरुले त्यसको ब्यापक विरोध गरेका थिए । सोही आरोपमा अहिले स्थानीय प्रहरीले बोकाको बली दिने तीनैजना समर्थकलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।

विराटको पोष्टरअघि बोकाको बली दिइएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अन्य समर्थकले पनि त्यसप्रति आपत्ति जनाएका छन् । २० सेकेन्ड लामो त्यो भिडियोमा बेंगलुरुले चेन्नईलाई हराउनासाथ समर्थकले विराटको पोष्टअघि बोकालाई चक्कुले काटेको देखिन्छ ।

त्यसपछि बोकाको रगतलाई विराट कोहलीको पोष्टमा छर्किएको पनि भिडियोमा देखिन्छ । स्थानीय प्रहरीले २२ वर्षीय सना पलैया, २३ वर्षीय जयन्ना र २८ वर्षीय टिप्पे स्वामीलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप