विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो पछिल्लो खेल चेन्नई सुपर किङ्ससँग खेलेको थियो । उक्त खेलमा बेंगलुरुले जारी प्रतियोगिताकै सबैभन्दा कमजोर टोली चेन्नईमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
त्यो खेलमा विराट कोहलीले बेंगलुरुको जितमा ६२ रनको योगदान गरेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३३ बलमा पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए ।
त्यो खेलपछि भारतको कर्नाटकमा विराट कोहलीका केही समर्थकले अचम्मको व्यवहार देखाएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । बेंगलुरुले खेल जितेपछि तीनजना समर्थकले विराट कोहलीको ठुलो पोष्टरको अगाडि एउटा बोकाको बली दिएका थिए ।
ती समर्थकले विराटको पोष्टरअघि बोकाको बली दिएको भिभिडो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि पशु अधिकारकर्मीहरुले त्यसको ब्यापक विरोध गरेका थिए । सोही आरोपमा अहिले स्थानीय प्रहरीले बोकाको बली दिने तीनैजना समर्थकलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।
विराटको पोष्टरअघि बोकाको बली दिइएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अन्य समर्थकले पनि त्यसप्रति आपत्ति जनाएका छन् । २० सेकेन्ड लामो त्यो भिडियोमा बेंगलुरुले चेन्नईलाई हराउनासाथ समर्थकले विराटको पोष्टअघि बोकालाई चक्कुले काटेको देखिन्छ ।
त्यसपछि बोकाको रगतलाई विराट कोहलीको पोष्टमा छर्किएको पनि भिडियोमा देखिन्छ । स्थानीय प्रहरीले २२ वर्षीय सना पलैया, २३ वर्षीय जयन्ना र २८ वर्षीय टिप्पे स्वामीलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण